Print

Print


This is the text issued by a group of us in Kathmandu on 25 April 2016 demanding the immediate release of Kanak Mani Dixit.

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको पत्रकार कनकमणि दीक्षितको गिरफ्तारीका सम्बन्धमा यसैसाथ  ंलग्न विज्ञप्तिमा नाम उल्लेख भएका व्यक्तिहरूले जारी गरेको 'संयुक्त विज्ञप्ति' यसैसाथ पठाएका छौँ

संयुक्त विज्ञप्ति

२५ अप्रिल २०१६

 

पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले गिरफ्तार गरी हिरासतमा राखेको कानूनको सर्वोपरितालाई कसैले इन्कार गर्न सक्दैन तर मिथ्या प्रकृतीका प्रतीत हुने आरोपका आधारमा जुन तरिकाले उहाँलाई गिरफ्तार गरियो त्यसबाट नीजि इबी साध्ने, मानसिक तथा शारिरीक प्रताडना दिने उहाँको हुर्मत लिने मनसाय देखिन्छ श्री कनक दीक्षित ख्यातिप्राप्त पत्रकार हुनाका साथै नागरिक समाजका सकृय परिचालक मध्येका हुनुहुन्छ सामाजिक सेवामा उहाँको योगदान उहाँ संलग्न संस्थाहरुको लामो सूचिबाटै प्रमाणित हुन्छ हाम्रो व्यक्तिगत व्यावसायिक सम्बन्ध तथा संसर्गबाट हामीले उहाँलाई कर्तव्यनिष्ठ, इमान्दार, देशभक्त आफ्नो विवेकमा लागेको कुरा निडरताका साथ व्यक्त गर्ने व्यक्तिका रुपमा पाएका छौं कुनै सरकारी निकायको वेतनभोगी पद धारण नगरेको उहाँ जस्तो कर्मठ, निश्छल प्रवुध्द नागरिकलाई अदुअआले आफ्नो कार्यक्षेत्रको दायरा वाहिर गई दोषी सावित गर्ने कसरत गरेबाट हामीलाई आश्चर्य लागेको कानूनी मर्यादाको रक्षा गर्नुपर्ने संवैधानिक निकायबाटै देखाइएको यस प्रकारको व्यवहार वैयक्तिक स्वतन्त्रता, मानवअधिकार, विधिको शासन लोकतान्त्रिक मूल्यप्रति विश्वास राख्ने जोकोहीका लागि चिन्ताको विषय हो तसर्थ श्री दीक्षित विरुद्ध अदुअआले आफ्नो अधिकारक्षेत्र नाघेर गरेको यो कारवाही तत्काल रोक्नुपर्छ भन्ने कुरामा जोड दिदै हामी तपसिलका नागरिक वैयक्तिक स्वतन्त्रता मानवअधिकारको रक्षार्थ उहाँप्रति ऐक्यवद्धता जनाउँछौ उहाँको यथाशिघ्र रिहाइको माग गर्दछौ

 

ऐक्यवद्धता जनाउनेहरु

डा. अनुप पहारी

डा. अरुणा उप्रेती

कपिल श्रेष्ठ

डा. कुन्दन अर्याल

केदारभक्त माथेमा

केदार शर्मा

चरण प्रसाई

डा. तीर्थ वहादुर श्रेष्ठ

ट्रिपल गुरुङ

थोमस वेल

दिनेश त्रिपाठी

दीप श्रेष्ठ

दीपक थापा

ध्रुव वस्नेत

प्रा. निर्मलमान तुलाधर

निलाम्वर आचार्य

डा. नोवल किशोर राई

प्रत्युष वन्त

भिक्टर प्रधान

मोहन मैनाली

यज्ञराज थापा

रम्यता लिम्बु

डा. राजेन्द्र प्रधान

रामशरण सेढाइँ

वसन्त थापा

विप्लव प्रतीक

शंकर तिवारी

शेखर खरेल

संगीता लामा

सरिता मिश्र

डा. सरोज धिताल

सुवोध प्याकुरेल

सुविना श्रेष्ठ

सुशील प्याकुरेल

सोम निरौला

हरि शर्मा

 

 

यस विषयमा थप जानकारी आवश्यक भएमा निम्न व्यक्तिहरुमध्ये कसैसित सम्पर्क गर्नु हुन अनुरोध  

 

वसन्त थापा९८५१०४९७८०डा. नोवल किशोर राई९८५११२०४८५सुशील प्याकु्र्याल९८५१०६८०८१केदार शर्मा९८५१०३४६४७